यमनामा भएको आतंकबादी आक्रमणमा ६ सैनिक मारिए !

0
370

विदेश १९ साउन । दक्षिणी यमनमा अल कायदा आतङ्ककारी समूहले गरेको आत्मघाती आक्रमणमा छ जना सैनिक मारिएका छन् ।
युनाइटेड अरब इमिरेट्सले जिहादीबिरुद्धको बलका रुपमा स्थापना गरेको भनिएको सो बलका ती सैनिकको मृत्यु भएको विदेशी सञ्चार माध्यमहरले जनाएका छन् ।

सो आक्रमणमा परी जिहादीविरुद्धको बलका दुई वटा सवारी साधन पनि ध्वस्त भएको जनाइएको छ । यस आक्रमणमा परी अन्य कैयौँ सैनिक घाइते भएका र केहीको अपहरणसमेत भएको बताइएको छ ।

एक अधिकारीका अनुसार यस आक्रमणमा परेको सबै सैनिक संयुक्त अरब इमिरेट्सका रहेका छन् ।

यमनमा सन् २०१५ बाट सिया हुथी विद्रोही समूह विरुद्ध र राष्ट्रपति अबेदराब्बो मन्सुर हादीको समर्थन गर्दै साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धन सेनाले हवाई आक्रमणलगायतको कारबाही गर्दै आएको छ ।

यमनमा जारी द्वन्द्वमा परी सन् २०१५ बाट हालसम्म आठ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको र ४४ हजार ५०० व्यक्ति घाइते भएका छन ।