वाग्मती सफाइको २२१औँ हप्ता पुरा, ३१ मेट्रिक टन फोहर व्यवस्थापन ।

0
324

काठमाडौँ, २१ साउन । वाग्मती सफाइ महाअभियानको २२१औँ हप्तामा३१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
पशुपति क्षेत्रस्थित तीलगंगाबाट राममन्दिर जाने नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

तीलगंगा महिला समूहले १२८औँ हप्ताको सफाइ पनि आज सँगै गरिएको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए । सफाइमा सहभागी नव नियुक्त प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाललाई स्वागतसहित सम्मान गरिएको थियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, पहिलो पाइला, न्यानो स्पर्श, नेपाल नदी संरक्षण संस्था, जीवन विज्ञान, हलेसी डेकोर, युरेसिया रेयुकाई, गायत्री परिवार, नेपाल विज्ञापन संघ, साया समूह, सेवा समाज, ब्लु क्रस अस्पताल एम्बुलेन्ससहित २८ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।