सप्तरीमा प्रहरीको भ्यानमा कुकर बम बिष्फोट,४ प्रहरी घाईते ।

0
538
सप्तरी २२ साउन । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ प्रेसरकुकर बम विस्फोट हुँदा प्रहरी भ्यानमा क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन्।
इप्रकाबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान सडकमा गडिरहेको अवस्थामा बम विस्फोट भएको थियो । प्रेसर कुकर बम जमिन मुनि गाडेको अवस्थामा बिष्फोट भएको प्रहरीले जनाएकोछ । भ्यानमा सवार प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।
उक्त भ्यानमा प्रहरी निरीक्षकसहित १२ जना प्रहरी सुरक्षाकर्मी सवार थिए । उनीहरुको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।