२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

चक्रे मिलन फेरि प्रहरी हिरासतमै

भक्तपुर । जिल्ला अदालतमा थुनछेक बहसको पालो नआएपछि गुण्डा नाइके चक्रे मिलन फेरि प्रहरी हिरासतमै पठाइएका छन् । अभद्र व्यवहार मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ३० हजार धरौटीमा रिहा गरे लगत्तै उनलाई कुटपिटसम्बन्धी मुद्दाको अनुसन्धानका लागि भक्तपुर पठाइएको थियो ।

थिमीस्थित प्रहरी वृत्तमा राखिएका उनलाई आज बिहानै बयानका निम्ति व्यासीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको थियो । बयान सकिए पनि अदालतमा पेश गर्न समय नपुगेका कारण पुनः हिरासतमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘आज मुद्दा दर्ता भयो । तर थुनछेक बहस नभ्याउने भएकाले आज हिरासतमै राखेर भोलि पुनः अदालत पेश गरिन्छ,’ नेउपानेले भने ।

एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेमाथि मुद्दा दर्ता भएको हो । चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो । आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए । सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।