२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

रविलाई समर्थकहरुबाट ‘छल्दै’ त्रिभुवन विमानस्थलबाट नख्खु लगियो

काठमाडौं । भैरहवा कारागारबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आयल निगमको बाटो हुँदै निकालिएको छ ।

रविलाई ल्याउने भनेपछि रास्वपाका नेता–कार्यकर्ता विमानस्थलमा भेला भएका थिए । तर, रविलाई लुकाएर अर्को बाटो लगिएको छ । लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू पुगेका थिए । अब उनलाई सिधै नख्खु कारागार, ललितपुर लगिनेछ । त्यहाँ पनि बाल्लो भिड जम्मा भइसकेको छ ।

आज (शनिबार) बुद्ध एयरको विमानबाट उनलाई भैरहवाबाट काठमाडौं ल्याइएको हो । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा पूर्व गृहमन्त्री समेत रहेका लामिछाने गएको चैत २५ गते जिल्ला कारागार रुपन्देहीमा पुर्पक्षका लागि जेल चलान भएका थिए ।

उनी उच्च अदालत तुलसीपुरको, बुटवल इजलासको आदेशले कारागार चलान भएका थिए । लामिछानेले आफूलाई १२६ दिनसम्म सहयोग गर्ने भैरहवाका जनता, सुरक्षाकर्मी र कारागार प्रशासनप्रति आभार व्यक्त गरेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।