१३औं सागमा पाँच भन्दा बढि खेल पोखरामा हुने,ब्यबसायीहरु उत्साहित ।

0
301

पोखरा, २६ साउन । नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको तयारी भइरहँदा पर्यटकीय नगरी पोखरामा पाँचभन्दा बढी खेल हुने भए पछि सबैलाई उत्साहित बनाएको छ ।

अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्य वन्दै गएको पोखरामा पहिलोपटक हुनलागेको क्षेत्रीयस्तरको साग प्रतियोगितालाई विशेष महत्वको कार्यक्रमका रुपमा पनि लिइएको छ ।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गत मंगलबार पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेर पूर्वाधार समयमै तयार गरिसक्न निर्देशनसमेत दिएका थिए ।
आगामी सागमा पोखरामा पाँचभन्दा बढी खेल खेलाउने सोचका साथ तयारी अघि बढाउन मन्त्रालयले खेलकुद विकास समितिका पदाधिकारीलाई निर्देशन दिइसकेको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता रामप्रसाद थपलियाले बताएका छन् ।
परिषद्का सदस्यसचिव केशवबहादुर विष्टका अनुसार पोखरामा भलिबल, ह्यान्डबल, महिला फुटबल, आर्चरी र ट्रायथोलनका प्रतियोगिता खेलाउने निश्चित भएको छ ।

यी खेलका अतिरिक्त ब्याडमिन्टन, लङ टेनिस खेल पनि पोखरामा गर्न सक्ने सम्भावना रहेको विष्टले बताएका छन् ।

आगाामी सन् २०१९ को मार्चमा नेपालले १३औँ सागमा विभिन्न २५ प्रकारका खेल खेलाउनेयोजना सहित काम भैरहेको छ । भारतमा सम्पन्न १२औँ सागमा २३ प्रकारका खेल खेलाइएको थियो ।