२०८२ आश्विन ३० गते बिहीबार
२०८२ आश्विन ३० गते बिहीबार

पुनम यादवको पहलमा नेपाल आउँदै बागेश्वर बाबा प्रतिनिधि नितेन्द्र चौबे, के हुँदैछ बिशेष ?

काठमाडौं । बागेश्वरधामका धिरेन्द्रकृष्ण शास्त्री ‘बागेश्वर बाबा’ का प्रमुख प्रतिनिधि नितेन्द्र चौबे दुई दिने विशेष भ्रमणका लागि नेपाल आउने भएका छन् । चौबे आगामी भदौ २३ गते काठमाडौंमा र भदौ २४ गते जनकपुरमा विशेष पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

उक्त पत्रकार सम्मेलनमा भिडियो कलमार्फत बागेश्वर बाबाले स्वयं उपस्थित भक्तजन र श्रद्धालुहरूलाई दर्शन तथा आशीर्वाद दिनेछन् । सो अवसरमा आगामी कार्तिक २१ गते शुक्रबार देखि कार्तिक ३० गते आइतबार सम्म दिल्लीदेखि वृन्दावनसम्म हुने पैदल यात्रा सम्बन्धी जानकारी दिइनेछ । साथै नेपालमा पनि बागेश्वर बाबाले कथा वाचन गर्ने तयारी भइरहेको विषयमा जानकारी दिने कार्यक्रम छ ।

नेपालमा ‘आयरन लेडी’ भनेर चिनिने पुनम यादवले बागेश्वर बाबा प्रतिनिधि टोलीलाई नेपाल ल्याउँदै हुनुहुन्छ । यादव स्वयं बागेश्वर बाबाकी श्रद्धावान भक्त हुनुका साथै हिन्दू धर्म प्रचार–प्रसार र प्रवर्द्धनमा सक्रिय रहिआएकी व्यक्तित्व हुन् । यसअघि दुबईमा बागेश्वर बाबाको कथा वाचन गराएपछि उहाँको चर्चा व्यापक बनेको थियो ।

कार्यक्रम अनुसार भदौ २३ मा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेदेखि ४ बजेसम्म, र भदौ २४ मा मिथिला विकास कोष, जनकपुरमा दिउँसो २ बजेदेखि ४ बजेसम्म भेटघाट तथा पत्रकार सम्मेलन आयोजना हुने भएको छ ।

यस कार्यक्रममा सम्पूर्ण हिन्दू धर्मावलम्बी तथा बागेश्वर बाबा प्रेमीहरूलाई उपस्थित रहन आयोजकले आग्रह गरेका छन् ।थप जानकारीका लागि आयोजक *पुनम यादव (सम्पर्क नं. ‪+977-9803538472‬ – Whatsapp)*सँग सम्पर्क गर्न सकिनेछ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।