बाढी पहिरो पीडितकाकागी राष्ट्रपति भण्डारीको सहयोग ।

0
387

५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरोपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गर्नुभएको छ । यस्तै राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको, सचिव, स्वकीय सचिवसमेतबाट पाँच दिनको, सहसचिवहरु, स्वकीयसमेतबाट तीन दिनको, उपसचिव तथा शाखा अधिकृतहरु स्वकीयसमेतबाट दुई दिनको र सहायकस्तरका सबै कर्मचारीहरु स्वकीयसमेतबाट एक दिनको तलब कोषमा जम्मा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।बाढीका कारणा तराईका अधिकाम्स क्षेत्र डुवानमा परेका छन् भने पहाडि क्षेत्रहरु पहिरोको जोखिममा छ ।