२०८३ श्रावण ११ गते सोमबार
२०८३ श्रावण ११ गते सोमबार

सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिलाई घटनाको अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।

समितिको सदस्य सचिवका रूपमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) रहने जनाइएको छ । समितिले घटनाको कारणबारे अध्ययन गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसमेत सरकारलाई दिनेछ ।

यसैबीच, सुनसरी घटनाबारे छलफल गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले उक्त क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ ।

घटनापछि गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । सोही छलफलपछि पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो ।

छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललगायत सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।