अनेरास्ववियु क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन भोलीबाट काठमान्डौँमा ।

0
741

नेकपा माओवादी केन्द्र  निकट अनेरास्ववियु क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन भोलीबाट काठमान्डौँमा सुरु हुँदैछ। सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा गर्नुहुने क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए । ‘राष्ट्रियता र समावेशी शिक्षा, कार्यान्वयन पक्षमा हाम्रो अभियान, संगठन सुदृढीकरणको पक्षमा एकताको २१ औँ  राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ आगामी आइतबारसम्म चल्ने सम्मेलनको सबै तयारी पूरा भइसकेको जनाइएको छ । सम्मेलनमा भाग दिनका लागि देशभरिका प्रतिनिधि बुधबार बिहानसम्म आइपुग्ने बताइएको छ । सम्मेलनमा आयोजक समिति ८९९ सहित कूल दुई हजार ७६ प्रतिनिधिले सहभागिता जनाउने छन् ।

सम्मेलनले दुई वर्षका लागि ३३ पदाधिकारीसहित २४३ केन्द्रीय कमिटी चयन गर्नेछ । अध्यक्ष न्यौपानेले सहमतिबाटै नेतृत्व चयन गर्ने र सहमति नभए मतदान प्रक्रियाबाट चयन गरिने बताए। बन्द सत्र बिहीबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुनेछ । नयाँ नेतृत्वका लागि अनिल शर्मा, रामचन्द्र अधिकारी, रञ्जित तामाङ, मदन अर्याल र वीरेन्द्र बस्नेत आकांक्षी देखिनुभएको छ । क्रान्तिकारीमा करिब चार लाख विद्यार्थी आबद्ध रहेको बताइएको छ ।