२०८२ फाल्गुन २२ गते शुक्रबार
२०८२ फाल्गुन २२ गते शुक्रबार

अब ध्वनि प्रदूषण गरे ३ लाखसम्म जरिबाना, खोक्न र प्रेसर कुकरमा सिठ्ठी लगाउन निषेध

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उपत्यकावासीलाई ध्वनि, धुवाँ र फोहर प्रदूषणमुक्त वातावरण कायम गर्न सहयोग गर्न अपिल गरेको छ ।

प्रहरीले जारी गरेको सार्वजनिक सूचनामा राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाई खाना पकाउन अनुरोध गरिएको छ । सूचनामा बिहान नृत्य वा व्यायाम गर्दा अनावश्यक खोक्ने वा खकार्ने कार्य नगर्न र मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गर्दा ठूलो आवाज ननिकाल्न आग्रह गरिएको छ ।

यदि सवारी साधनबाट ठूलो आवाज निस्कने भए छिमेकभन्दा पर लगेर स्टार्ट गर्न प्रहरीले सुझाएको छ । यो अभियानमार्फत प्रहरीले शान्त र स्वच्छ वातावरण कायम गर्न सबैको सहयोगको अपेक्षा गरेको छ ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।