एमालेले ३९ जिल्लाको नेतृत्व लिन सफल।

0
182

१४ भदौ , काठमान्डौँ । पहिलो र दोस्रो चरणमा स्थानीय तहको चुनाव भएका ६७ मध्ये ६४ जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । अब नयाँ थपिएका नवलपरासी र रुकुमसहित चितवन जिल्लामा समन्वय समिति गठन हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सम्पन्न भएका ६४ मध्ये एमालेले ३९ जिल्लाको नेतृत्व लिन सफल भएको छ ।