१५ भदौ , चितवन । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक÷एक स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए । चारकिलोमा ठूलो पहिरो खसेको भएपनि अन्य ठाउाका पहिरो भने साना रहेको उनको भनाइृ छ । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले थप पहिरो नखसेमा केही घण्टामा आवागमन सञ्चालनमा आउने थापाले बताए ।
पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिँदै आएको छ । आज बिहान ३ः३० बजेको हाराहारीमा ती ठाउँमा पहिरो खसेको प्रहरीको अनुमान छ । सडक खण्ड बिस्तारका कारणा दैनिक जासो पहिरो खस्दे आएको छ । सकेसम्म बैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।