२०८२ आश्विन ५ गते आईतवार
२०८२ आश्विन ५ गते आईतवार

एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौं- पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ।  

पहिराे पन्छाएपछि अपरान्ह सवा ४ बजेदेखि सडकखण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  पहिराेकाे कारण अवरुद्ध सडक ४५ घण्टापछि  सुचारु भएकाे हाे ।

शुक्रबार बेलुका ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।

पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक एकतर्फी खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।

सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सडक डिभिजन भरतपुरले सडक दुईतर्फी खुलाउनको लागि डोजर, रोलर प्रयोग गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।