मेक्सीकोसंगको सिमानामा नमुना पर्खाल बन्ने पक्का, क्यालिफोर्नियाको स्यानडियागोमा बन्दैछ नमुना पर्खाल ।

0
499
भदौ १६ बीबीसी । ट्रम्प प्रशासनले राष्ट्रपतिले ठूलो प्रचार प्रसार गरेको मेक्सिकोसँगको सीमामा लगाउने भनेको सीमा पर्खालका लागि कंक्रिटको नमूना बनाउन चार कम्पनी चुनिएका छन्। नमूना पर्खाल स्यानडियागो क्यालिफोर्नियामा बनाइने भएको छ।
मेक्सिको पर्खाल राष्ट्रपति ट्रम्पले दिएका पाँच कार्यकारी निर्देशनमध्ये एक हो जसले दुवै मुलुकमा विरोध निम्त्याएको छ।
अमेरिकी सीमा गस्तीका प्रमुख तथा डेपुटी कमिशनर रोनाल्डो भिटीएलोले प्रेस सम्मेलनमा भने अनुसार अलाबामा, एरिजोना, टेक्सस र मिसिसिपिका कम्पनीहरुसँग सम्झौता गरिएको छ।
चार कम्पनीहरु हरेकलाई पाँचलाख डलरसम्म तिरेर तीस फुट लामो कंक्रिटको नमूना सीमा पर्खाल बनाइने भएको छ।
चुनावी प्रचार प्रसारका बेला ट्रम्पले पर्खाल अमेरिकाले बनाउने र पैसा मेक्सिकोलाई तिराउने भनेका थिए।