२०८३ जेष्ठ १६ गते शनिबार
२०८३ जेष्ठ १६ गते शनिबार

नेता–कार्यकर्तासँग भेटघाटमा सक्रिय बने ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल भक्तपुरको गुण्डुस्थित नयाँ घरमा बसोबास गर्दै आएका छन् ।

भदौ २४ गते बालकोटस्थित निवासमा प्रदर्शन र आगजनी भएपछि उनी सैनिक सुरक्षासहित गुण्डु सरेका हुन् ।

ओली गत सातादेखि भक्तपुरको गुण्डुमा बसेको पुष्टि भएको छ । स्रोतका अनुसार उनी अहिले त्यहीँबाट राजनीतिक गतिविधि अघि बढाइरहेका छन् ।

गुण्डु पुगेपछि ओलीले एमालेका नेता र कार्यकर्तासँग भेटघाटको क्रम बढाएका छन् । मंगलबार सार्वजनिक भएको एक भिडिओमा उनी कार्यकर्तासँग फोटो खिचाउँदै गरेका देखिन्छन् । यद्यपि, भिडिओमा ओलीले संवाद गरिरहेको दृश्य देखिँदैन ।

पार्टी स्रोतका अनुसार केही दिनयता केही नेता र कार्यकर्ताहरू व्यक्तिगत रूपमा ओलीलाई भेट्न पुगेका थिए । मंगलबार चाहिँ कार्यकर्ताहरू समूहकै रूपमा गुण्डुस्थित निवासमा पुगेका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।