२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

मंसिरमै महाधिवेशन गरेर पार्टीलाई नयाँ नेतृत्व दिनुपर्छ : भूपेन्द्रजंग शाही

नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताएका छन्।

नेपाली कांग्रेसलाई यथास्थितिबाट अघि बढाउन र विग्रहबाट रोक्न सबै जिम्मेवार हुनुपर्ने शाहीले बताए। 

‘सबै जिम्मेवार भएर मंसिरमै नियमित महाधिवेशन गर्न एकजुट हुनुपर्छ,’ उनले भने, ‘मेरो गोरूको बाह्रै टक्का भनेर मात्र हुँदैन, सबैको भावना र विचारलाई सम्मान गर्दै सहमतिसाथ मिलनविन्दुको खोजी गर्दै मंसिरमा नियमित महाधिवेशनमा जानुपर्छ।’

उनले विशेष महाधिवेशनको जटिलताबारे प्रस्ट पार्दै भने, ‘अहिले विशेष महाधिवेशन भनेर कुरा गर्दा क्रान्तिकारी विचार त सुनिएला तर यसका लागि तीन महिना लाग्छ। त्यसबेलासम्म त चुनाव आइसक्छ त्यसैले मंसिरमा नियमित महाधिवेशन गर्दा झनै छिटो र छरितो पार्टिले नया नेत्तृत्व प्राप्त गर्छ।’

अहिलेको बिसम परिस्थितिमा युवा पुस्तामा आक्रोश देखिएका बेला पुरानै प्रतिनिधिबाट पार्टी नेतृत्व चयन गर्ने कुरा झन टालटुले मात्रै हुने उनले बताए।

‘अहिले युवाको यत्रो आक्रोश देखियका बेला पुरानै प्रतिनिधिबाट नेतृत्व चयन गर्ने कुराले युवा पुस्तालाइ पार्टीमा आउने बाटो रोक्छ। नयाँ सदस्यतालाई बन्द गरेर, जेनजीलाई पार्टीमा आउने प्रक्रिया बन्देज गरेर कसरी पार्टी परिवर्तन र रुपान्तरण गर्न सकिन्छ?’ उनले प्रश्न गरे।
अवको महाधिवेशन वाट युवा पुस्तालाइ पनि पार्टिको मुलधारमा जोड्न पनि पुरानै प्रतिनिधि नभयर नया सदस्य र नया प्रतिनिधि मार्फत अब नियमित महाधिवेशन गर्दा उत्तम हुने उनले बताए।

‘पार्टी यथास्थितिमा चल्दैन, पार्टीमा अपरेसन जरूरी छ, युवाको आक्रोश र जनताको भावना बुझ्न सकेन भने त पार्टी चल्न सक्दैन, अहिले पार्टी संकटको घडीमा छ, भावनामा बहकिएर निर्णय गर्ने छुट कसैलाई छैन, एकताबद्ध भएर जानुपर्छ,’ उनले भने, ‘मंसिरमा कार्यकाल सकिने भएकोले अब सबैको सहमतिमा नियमित महाधिवेशन गरेर अगाडि बढ्नु पर्छ। विशेष महाधिवेशन भनेर विवाद गर्दा झनै मंसिरमा हुने महाधिवेशन पनि पछाडि धकेलिने खतरा हुन सक्छ। विशेष महाधिवेशन
विधानअनुसार ३ महिनामा भन्ने छ, मंसिर कट्छ, चुनाव आउँछ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।