२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

आज नवरात्रको छैटौं दिन : कात्यायनीदेवीको पूजा गरिँदै

काठमाडौं। आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा-आराधना गरेर मनाउँदैछन्।

आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिने धार्मिक विश्वास रहेको छ। शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्।

त्रिलोकमा आतंक मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी भन्ने पुराणमा उल्लेख गरिएको छ।

अदृश्य जगतको शासनसत्ता यिनै कात्यायनी देवीले चलाउने विश्वास गरिन्छ। कात्यायनीको हामीले देख्ने स्वरुप सोही अदृष्य जगतलाई जनाउने सूचक हो। त्यसैले कात्यायनीलाई दिव्यताको अतिगुप्त रहस्यहरुको प्रतीक मान्ने गरिन्छ।

क्रोध पनि कुनै समय सकारात्मक बलको प्रतीक हुन्छ। कुनै समय यही क्रोध नकारात्मक आसुरी शक्तिको प्रतीक बन्ने गर्दछ। यी दुईमा एकदमै गहिरो भेद पाईन्छ। क्रोध केवल नकारात्मक गुण या शक्ति होईन। सकारात्मकताका साथ देखिएको क्रोध बुद्धिमत्तासँग जोडिएको हुन्छ।

सकारात्मक क्रोध एक प्रौढ बुद्धिबाट उत्पन्न हुन्छ। क्रोध यदि अज्ञान र अन्यायकोप्रति छ भने यसले सकारात्मकतालाई सञ्चार गराउने गर्दछ। अतः यहि सकारात्मक क्रोध जुन अज्ञान र अन्यायकोप्रति रहेको हुन्छ। त्यो नै देवी कात्यायनीको विशेषता हो।

महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर आदिशक्तिले उनको पुत्रीको रुपमा जन्म लिएकोले ती देवीको नाम नै कात्यायनी राखिएको हो। कात्यायनीको उपासनाबाट यस लोकमा स्थित भएर पनि अलौकिक तेज एवं प्रभावबाट युक्त हुँदै रोग, शोक, सन्ताप, भय आदि सर्वथा विनष्ट हुने धार्मिक विश्वास छ।

देवी कात्यायनीसँग जोडिएको कथा अनुसार कुनै समय एक कत नाम गरेका प्रसिद्ध ऋषि थिए। उनको पुत्र ऋषि कात्य नामले प्रसिद्ध थिए। उनकै नामबाट प्रसिद्ध कात्य गोत्रबाट नै विश्वप्रसिद्ध ऋषि कात्यायन उत्पन्न भएका थिए।

ऋषि कात्यायनले भगवती पराम्बराको उपासना गर्दै कठिन तपस्या समेत गरेका थिए। उनको इच्छा थियो भगवतीले आफ्नो घरमा पुत्रीको रुपमा जन्म लिऊन्। भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।