दलहरुले माग गरेको चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोगलाई समस्या ।

0
409

२० भदौ , काठमान्डौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका राजनीतिक पार्टीहरुको आधिकारिकता अध्ययन शुरु गरेको छ । १र२ दिनभित्रै चुनावमा भाग लिन योग्य दलहरुको सूची सार्वजनिक गरिने आयोगले जनाएको छ । यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि ९५ राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । निवेदन उपर जाँचबुझ भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनले भने, ‘१र२ दिनमै दलहरुको सूची सार्वजनिक हुनेछ ।’ चुनावमा भाग लिन योग्य दलहरुको सूची बनेपछि उनीहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने प्रवक्ता ढकालले बताए । यसपटक आयोगलाई राप्रपा प्रजातान्त्रिक र राष्ट्रिय जनता पार्टीलाई चुनाव चिन्ह प्रदान गर्न समस्या देखिएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सकेसम्म दलहरुले मागेको चुनाव चिन्ह दिने प्रयास भइरहेको बताए । तर, विवाद भएका र अदालतमा मुद्दा परेका चुनाव चिन्ह दिन नसकिने उनले प्रष्ट पारे । दलहरुलाई चुनाव चिन्ह वितरण गरेलगत्तै समानुपातिक निर्वाचनका लागि मतपत्र छाप्न दिने तयारी आयोगको छ । समानुपातिकतर्फको मतपत्रमा जति राजनीतिक दल दर्ता भएका छन्, तीनको चुनाव चिन्ह मात्र रहनेछ । मतपत्रमा दलहरुको चुनाव चिन्ह राख्दा ०७० सालको संविधानसभा निर्वाचनमा ती दलले समानुपातिकतर्फ पाएको मतको आधारमा ठूलो दलको चिन्ह माथि राखिनेछ । जसअनुसार पहिलो नम्बरमा कांग्रेसको रुख रहनेछ भने दोस्रोमा एमालेको सूर्य, तेस्रोमा माओवादीको गोलाकारभित्र हँसिया हथौडा र चौथोमा राप्रपाको गाई रहनेछ ।