काठमाडौं । जेनजी युनाटेडले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । जेनजी युनाटेडले जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वानसहित शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर प्रदर्शन गरेको हो ।
प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् । उनीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले जेनजी आन्दोलनका शहीदहरुका रगत खेर जान नदिन पनि खबरदारी गरेका छन् । उनीहरुले जेनजी भावना बचाउन र शहीदहरुका सपना पूरा गर्न एक हुर्नैपर्ने बताएका छन् ।







