मलेसियाको एक विद्यालयमा आगलागी हुँदा कम्तिमा २४ जनाको मुत्य , उद्धारको काम जारी ।

0
404

२९ भदौ बीबीसी । मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तिमा २४ जनाको मुत्यु गएको छ । क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा आगलागी हुँदा विद्यार्थी र शिक्षक गरी २४ जनाको मुत्यु  भएको बिबिसीले जनाएको छ ।

आज बिहानै विद्यालयमा आगलागी भएको हो । आगलागी भएपछि विद्यालयको छात्रबासमा रहेका विद्यार्थी तथा शिक्षक फसेकाले उनीहरुको मुत्यु गएको अनुमान गरिएको छ । छात्रबासको झ्यालमा फलामको ग्रिल रहेकाले उनीहरु भाग्न नसकेको अनुमान छ ।

 

 

 

 

 

 

 

 

मलेसियाको उद्धार कमिटिका निर्देशक खिरुद्दिन दुहराम्यानले पछिल्लो २० वर्षमा सबैभन्दा ठूलो विपद रहेको बताएका छन् । मुत्यु हुनेमा २२ जना विद्यार्थी रहेका छन् ।

 

 

 

 

 

 

 

 

मुत्यु हुने सबै १३ देखि १७ वर्षसम्मका छात्र रहेको बताईएको छ । यस्तै दुईजना शिक्षकको पनि मुत्यु भएको जनाईएको छ । अहिले उद्धारको काम भइरहेको बीबीसीले उल्लेख गरेको छ ।