स्वाइनफ्लुबाट काभ्रेपलाञ्चोकमा एकको मृत्यु ।

0
351

३० भदौ काभ्रे । स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा आज एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका(७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो ।

‘केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै बिरामी भएर अस्पताल भर्ना भएको’ डा अर्जुन सापकोटोले भने ।

चाँदनी नेवाको मृत्यु भएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले भने मृतकको घर नजिकका समुदायमा आवश्यक सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन गरेको कार्यालयका प्रमुख डाक्टर अर्जुन सापकोटाले जानकारी दिए ।