२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

३३ पुग्यो आगामी निर्वाचनमा भाग लिने दलको सङ्ख्या

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता हुने दलको सङ्ख्या ३३ पुगेको छ । निर्वाचन आयोगका अनुसार बुधबारसम्म २५ वटा दल दर्ता भएकोमा आज बिहीबार थप ८ दल दर्ता भएका हुन् ।

बिहीबार दर्ता हुने दलमा निरबहादुर श्रेष्ठ नेतृत्वको जनप्रजातान्त्रिक पार्टी नेपाल, प्रितम मुखिया नेतृत्वको विकासशील जनता पार्टी, शुक्रबहादुर गुरुङ नेतृत्वको राष्ट्रिय नागरिक पार्टी, अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी रहेका छन् ।

यस्तै गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा एउटा खुट्टा गुमाएका घाइते राजेश पोर्तेलले नेतृत्व गरेको राष्ट्रिय परिवर्तन पार्टी पनि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि बिहीबार दर्ता भएको छ । २१ सदस्यीय उक्त दलको केन्द्रीय समितिमा ४ जना बाहेक सबै जेन(जी समूहका रहेका छन् । केही दिनअघि मात्रै उक्त दल निर्वाचनमा आयोगमा पहिलो पटक दर्ता भएको थियो ।

यस्तै माधव गुरुङ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल), कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र विनय यादव नेतृत्वको राष्ट्रिय एकता दल दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहाने दल र मङ्सिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहाने दलले दर्ता गराइसक्नुपर्नेछ । प्रतिनिधि सभामा भाग लिनका लागि पहिलो दिन १ गते १२ दल, दोस्रो दिन २ गते ५ दल, तेस्रो दिन ३ गते र चौथो दिन ४ गते ८-८ दल दर्ता भएका छन् ।

बिहीबार राष्ट्रिय सभा निर्वाचनमा भाग लिनका लागि भने एउटा दल पनि दर्ता भएन ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।