२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

काठमाडौं ।  पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सातबुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सातबुँदे अनुरोध जारी गरेको हो ।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी गरिएको बताए । उनका अनुसार सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाट्सएप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यमबाट ‘तपाईंलाई चिट्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम (राजस्व) तिर्नुपर्छ’ भनी रकम पठाउन लगाउँदै ठगी गर्न सक्ने भएकाले त्यसतर्फ सचेत हुन अनुरोध गरिएको छ ।

सार्वजनिक सूचनामा अनलाइनबाट सामान खरिद गरी रकम भुक्तानी तिर्दा आधिकारिक बिक्रेता यकिन गरेर मात्र तिर्न र नगद दिँदा पनि सुरक्षित हुन अनुरोध गरिएको छ । प्रवक्ता भट्टराईले भने, ‘अपरिचित व्यक्ति वा नम्बरबाट श्रव्यदृश्य सन्देश (भिडियोकल) गरी उक्त कल रेकर्ड गरेर भिडियोलाई अश्लील बनाएर ‘ब्ल्याकमेल’ गर्ने र पैसा माग्ने जोखिम बढेकाले, त्यसतर्फ पनि सावधान हुनुस् ।’

उनका अनुसार आफ्ना साथीभाइहरू तथा आफन्तले विभिन्न सामाजिक सञ्जालबाट समस्या देखाई आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी यकिन गरेर मात्रै सहयोग गर्न अनुरोध गरिएको छ । उक्त समयमा खाता ‘ह्याक’ हुन सक्ने भएकाले सचेत हुनुपर्ने जरुरी रहेको उनले बताए ।

सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यममा सस्तो दरमा सामान देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई ठगी हुन सक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।

त्यस्तै, अपरिचित वा नयाँ सामाजिक सञ्जालका कुनै पनि ‘लिङ्क’ नखोल्न अनुरोध गर्दै प्रहरीले आफ्नो ‘ओटिपी कोड’ अरुलाई नदिन, आफ्नो मोबाइलको ‘स्क्रिन’ कसैलाई नदिन, सामाजिक सञ्जालमा आफ्ना महत्त्वपूर्ण जानकारी नराख्न, आफ्नो ‘पासवर्ड’लगायत निजी विवरण साथीभाइ वा नजिकका आफन्तलाई पनि नदिन अनुरोध गरेको छ ।

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोज पराजित गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले चितवनलाई ६ विकटले पराजित गरेको हो।

चितजनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। लुम्बिनीका गुल्बादिन नैबले सर्वाधिक ४४ रन बनाए। यस्तै कप्तान रोहित पौडेलले ३९ तथा सन्दीप जोराले २८ रन बनाए। चितवनका रिजन ढकालले २ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो।

चितवनका लागि रवि बोपाराले ६६ रन बनाए भने कुशल मल्लले २१ रन बनाए। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए। यस्तै अविशेष गौतम र गुल्बादिन नैबले समान दुई दुई विकेट लिए।

काठमाडौँ । पूर्वसांसद डा। सुनिल शर्माले मेडिकल विधाले छलाङ मारेको बताएका छन् । नोबेल मेडिकल कलेजको ‘नोबेल डे’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरू क्षेत्रमा पनि मेडिकल जगत्मा जस्तै नेपालमा फड्को मारेको भए मुलुक दुबई, सिंगापुर बनिसकेको हुने बताए ।
शर्माकाअनुसार राज्यका नीति र सबैको मेहनतले नेपालले मेडिकल क्षेत्रमा महत्त्वपूर्ण फड्को मारेको छ । अब अरू क्षेत्रमा पनि फड्को मार्न जरुरी रहेको उनको भनाइ छ ।
डा। शर्माले भने ‘वास्तवमा मेडिकल विधामा नेपालले आफूलाई जति छंलाङ मार्नसक्यो । अरू विधामा यसरी नै छंलाङ मारेको भए हामी दुबई वा सिंगापुरको हाराहारीमा यो मुलुकलाई पु¥याउन सक्थ्यौँ । तर मेडिकलमा मात्र अघि बढ्यो अरूमा कम प्रोगे्रस भयो । त्यसकारणले यहाँसम्म आइपुग्नुको पछाडि राज्यको नीति सबैको परिश्रम, मेडिकल क्षेत्रले आफूलाई फास्ट ट्रायकमा विकास गरेका कारणले हामी यहाँ सम्म आइपुग्यौँ । अब हाम्रो जमाना त गइसक्यो । जेनजीहरुको जमाना छ । म आश गर्छु अर्को २० वर्ष पछाडि म बुढो भएपछि पनि नोबल डे मनाइरहँदा आज जुन ठाउँमा पुगेको छ यो भन्दा अझ अगाडी २० गुणा ग्रो भएको हामीले देख्न पाइयोस् ।’
काठमाडौँ विश्वविद्यालयको उपकुलपति प्रा। डा अच्युत वाग्लेले मेडिकल क्षेत्रमा आएको अत्याधुनिक प्रणालीलाई आत्मसाथ गर्नु नै अहिलेको मुख्य चुनौती रहेको बताए । अहिले एआइ, रोबर्टको प्रयोग मेडिकल क्षेत्रमा भइरहेको बताउँदै उनले त्यसलाई अंगिकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
वाग्लेले भने ‘प्रविधिमा आएको आमुल परिवर्तनलाई आत्मसात् गर्नु नै अहिलेको मुख्य चुनौती हो । एआइसहितका नयाँ प्रविधिलाई अङ्गालेर मेडिकल क्षेत्रमा पनि अघि बढ्नुपर्ने आवश्यकता छ । अहिले मेडिकल क्षेत्रमा रोबर्टको सहारामा धेरै काम हुन थालेका छन् । त्यसको प्रयोग गर्नु पनि नेपालका लागि चुनौतीकै विषय हो । हामीले के कसरी गर्ने त्यसतर्फ ध्यान दिनपर्छ ।’
नोबेल मेडिकल कलेजकी निर्देशक सोइना शर्माले अत्याधुनिक प्रणालीबाट नोबलले सेवा दिनुका साथै सरकारी नीतिहरूको समेत परिपालनामा आफूहरू अब्बल रहेको बताए । उनकाअनुसार स्वास्थ्य बीमा लागूदेखि विपन्नलाई उपचार प्रदान समेत नोबलले गरेको छ ।
निर्देशक शर्माले भने ‘हामीले सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम लागू गरेर सर्वसुलभ रूपमा आम नागरिकको उपचार गरिरहका छौँ । असहाय अशक्तका लागि पनि सहुलियतमा उपचार गरिरहेका छौँ । सरकारले १० प्रतिशत बेड असहायअशक्तका लागि छुट्टाउनुपर्ने नियमलाई हामीले पालना गरेका छौँ । गत साल १२ करोड बराबरको नोबेलले विपन्न अशक्तका लागि स्वास्थ्य उपचार गराएर सहयोग गरेको छ ।’
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले निजी क्षेत्रमा सबैभन्दा नाम चलेको संस्थाका रूपमा नोबेल मेडिकल कलेज स्थापित भएको बताए । उनकाअनुसार नोबल स्थापनापछि केही डाक्टरले मात्रै नभई समाजमा धेरैले रोजगारी समेत पाइरहेका छन् ।
उनले भने ‘संस्था भित्र मात्रै नभई सिङ्गो समाजले रोजगारी पाउन गरी नोबलले काम अघि बढाएको छ । विगतमा उपचारका लागि यहाँबाट भारत सिंगापुर जानुपर्थ्यो । त्यो उपचारमा अपनाइने प्रविधि सबै यहाँ भित्राइएका कारण ९५ प्रतिशत बिरामी अब बाहिर जानुपर्ने अवस्था हटेको छ ।’
उनले नोबल मेडिकल कलेजको स्थापनापछि स्वास्थ्य क्षेत्रमा धेरै नै प्रगति भइरहेको बताए । उनले उपचारका लागि बाहिर जाने बाध्यता हट्नु सुखद भएको समेत बताए ।

मोरङ जिल्ला, सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्बासी बस्तीका अत्यन्तै गरिब बिरामी भीमबहादुर मगरलाई नेपाली कांग्रेसका युवा नेता पूर्व सांसद डा सुनिल शर्माले आर्थिक तथा उपचार सहयोग प्रदान गरेका छन्।

केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहेका मगर आर्थिक अभावका कारण उपचार गर्न असमर्थ भएका थिए। उनी गम्भीर अवस्थामा रहेको खबर पाएपछि डा शर्माले बिहीबार घरमै पुगेर बिरामीको अवस्था अवलोकन गर्दै आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाए।

डा शर्माले तत्कालै नोबेल मेडिकल कलेजका कर्मचारी जय रायलाई निर्देशित गर्दै बिरामीका लागि निःशुल्क खानाबास, उपचार तथा आवश्यक सुविधा उपलब्ध गराउन व्यवस्था मिलाएका छन्। त्यस लगत्तै एम्बुलेन्समार्फत भीमबहादुर मगरलाई नोबेल मेडिकल कलेज, विराटनगर पुर्‍याइएको छ। अस्पताल पुगे पछि बिरामी मगरले आफुले नयाँ जिवन पाउने आशा ब्यक्त गरेका छन् ।

डा शर्माको यस्तो मानवीय सहयोगले केही महिनादेखि उपचार नपाएर पीडामा रहेका भीमबहादुर मगर र उनका परिवारलाई ठूलो राहत पुगेको छ।
प्रतिनिधि सभामा सांसद हुँदा उनले तलब–भत्ता नलिने एक मात्र सांसदको उदाहरण बनाएका थिए। गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर सञ्चालन, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरणजस्ता कार्यहरूले उनलाई समाजसेवी नेताको रूपमा अझ उचाइमा पुर्‍याएको छ ।

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता हुने दलको सङ्ख्या ३३ पुगेको छ । निर्वाचन आयोगका अनुसार बुधबारसम्म २५ वटा दल दर्ता भएकोमा आज बिहीबार थप ८ दल दर्ता भएका हुन् ।

बिहीबार दर्ता हुने दलमा निरबहादुर श्रेष्ठ नेतृत्वको जनप्रजातान्त्रिक पार्टी नेपाल, प्रितम मुखिया नेतृत्वको विकासशील जनता पार्टी, शुक्रबहादुर गुरुङ नेतृत्वको राष्ट्रिय नागरिक पार्टी, अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी रहेका छन् ।

यस्तै गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा एउटा खुट्टा गुमाएका घाइते राजेश पोर्तेलले नेतृत्व गरेको राष्ट्रिय परिवर्तन पार्टी पनि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि बिहीबार दर्ता भएको छ । २१ सदस्यीय उक्त दलको केन्द्रीय समितिमा ४ जना बाहेक सबै जेन(जी समूहका रहेका छन् । केही दिनअघि मात्रै उक्त दल निर्वाचनमा आयोगमा पहिलो पटक दर्ता भएको थियो ।

यस्तै माधव गुरुङ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल), कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र विनय यादव नेतृत्वको राष्ट्रिय एकता दल दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहाने दल र मङ्सिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहाने दलले दर्ता गराइसक्नुपर्नेछ । प्रतिनिधि सभामा भाग लिनका लागि पहिलो दिन १ गते १२ दल, दोस्रो दिन २ गते ५ दल, तेस्रो दिन ३ गते र चौथो दिन ४ गते ८-८ दल दर्ता भएका छन् ।

बिहीबार राष्ट्रिय सभा निर्वाचनमा भाग लिनका लागि भने एउटा दल पनि दर्ता भएन ।

काठमाडौँ । जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउन माग गरेका छन् ।

जनताका अपेक्षाहरू पूरा गर्न नसकेको आरोप लगाउँदै जेनजी समूहले सरकारलाई फिर्ता बोलाउन माग गरेका हुन् ।

बिहीबार २३ वटा जेनजी समूहले राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र दर्ता गराउँदै सरकारको नेतृत्व परिवर्तनको माग गरेका हुन् ।

ज्ञापन पत्रमा जेनजी समूहले कार्की नेतृत्वको सरकारलाई विद्रोहको मूल मागहरू पूरा नगरेको आरोप लगाएका छन् ।

ज्ञापन पत्रमा भनिएको छ, ‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्यूनतम अपेक्षाहरू पूरा गर्नुको सट्टा केवल चुनाव मात्र गराउने प्रयास गरिरहेको छ, जसले सरकारलाई दिशाहीन बनाएको छ। यो विद्रोह केवल अर्ली इलेक्सनको लागि थिएन, त्यसैले हामी हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थता गर्न अनुरोध गर्दछौँ ।’

काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को ४१औं बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

काठमाडौं । नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रसाईंका छोरा निराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउसहित प्रतिवादीलाई उपस्थिति गराउन आदेश दिएको हो ।

आन्दोलनको तयारीमा रहेका प्रसाईँलाई अराजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । उनलाई ४ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यु आदेश जारी गरेको छ ।

बाराको सिमरामा जेन जेडहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।

वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

यसअघि बुधबार नेकपा एमालेका कार्यकर्ता र जेन जेडहरूबीच झडप भएको थियो । झडपका कारण सिमरा बजार क्षेत्र तनावग्रस्त बनेको थियो । एमाले नेता महेश बस्नेत बारा जाने कुरालाई लिएर दुई पक्षबीच विवाद भएको थियो । स्थिति थप बिग्रन नदिनका लागि स्थानीय प्रशासनले हिजो पनि सिमरा क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने यस खेलमा लुम्बिनीका कप्तान राष्ट्रिय टिमका लिडर रोहितकुमार पौडेलले टिमको नेतृत्व गर्दैछन् भने चितवनको कप्तानी कुशल मल्लले गर्नेछन् ।

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ। लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ।

गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन राइनोज गत संस्करण प्लेअफसम्म पुगेको थियो।

गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो। आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्काे जित हात पार्ने लक्ष्यमा छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।