प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावको मतगणना जारी , कांग्रेसको अग्रता कायमै ।

0
585

७ असोज , काठमान्डौँ । स्थानीय तह तेस्रो चरण निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा गत असोज २ गते भएको निर्वाचनको परिणाममा अहिलेसम्म कंग्रेसको अग्रता कायमै छ । मतगणना सम्पन्न भएका ८७ स्थानीय तहमध्ये कंग्रेसले २८ स्थानको प्रमुखमा जित हात पारेको छ । उसले थप ९ स्थानमा अग्रता लिइरहेको छ । यस्तै माओवादी केन्द्र १५ स्थानीय तहमा बिजयी भएको छ । १३ स्थानमा माओवादी केन्द्रको अग्रता छ । संघिय समाजवादी फोरमले १६ र राजपा १३ स्थानमा बिजयी भएका छन् । गणना भईरहेका स्थानीय तह मध्ये समाजवादी फोरम ८ र राजपा ७ स्थानमा अगाडि छन् ।

एमाले १० स्थानमा बिजयी हुँदै १० स्थानमा अगाडि छ । यस्तै लोकतान्त्रिक फोरमले ३ स्थानमा जित हासिल गर्दै थप १ स्थानमा अग्रता बनाइरहेको छ । नयाँ शक्ति नेपाल र नेपाली जनता दलले एक–एक स्थानमा जित हासिल गरेका छन् ।