२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

काठमाडौं – नेपाल आयल निगमले भोलिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको जनाएको छ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएको छ।

मंसिर १५ गतेदेखि मूल्य समायोजन गरी डिजेल र मट्टितेलको मूल्यमा एक रुपैयाँ घटाइएको छ भने हवाई इन्धनतर्फ ६ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ।

काठमाडौँ । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिइओ अशोक शेरचनसहित बैँकका तीन जना उच्च अधिकारीहरू पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरूमा सिइओ शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैँकका कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन् ।

सीआईबीले उनीहरूलाई ठगी, आपराधिक विश्वासघात तथा आर्थिक अपचलनको आरोपमा पक्राउ गरेको हो ।

 

यसअघि बैँकबाट अनुसन्धानको क्रममा सङ्कलन भएका विवरण तथा तथ्यहरूको विज्ञ टोलीले छानबिन गरिरहेकै बेला सिइओ शेरचनले राष्ट्र बैंकका निर्देशन र प्रचलित कानुन विपरीत बैँकलाई हानी नोक्सानी पुर्‍याएका थिए ।

सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीको नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गरी कर्जा दुरुपयोग हुने प्रकारका गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।

काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य पाएको जवाफी ब्याटिङ गरेको काठमाडौंले १७ ओभर ६ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

काठमाडौंका जेरार्ड एरास्मसले सर्वाधिक नटआउट ४३ रन जोडे । ३३ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी, जोन सिम्पसनले ४१, बेन चार्ल्सवर्थले ३४ रन जोडे ।

कणालीका लागि भने नन्दन यादवले तीन विकेट लिए । खेलको १७ ओभर ३ र ४ बलमा उनले लगातार दुई विकेट लिए । उनले १७ ओभर ३ बलमा जोन सिम्पसनलाई आउट गरे भने १७ ओभर ४ बलमा रशिद खानलाई आउट पारे । त्यसैगरी, कर्णालीका पवन शर्राफले एक विकेट लिए ।

त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।

कर्णालीका लागि गुल्शन झाले सर्वाधिक ४९ रन बनाए । त्यसैगरी, कर्णालीका पवन शर्राफले २९ बलमा ३५ रन बनाए । मार्क वाटले ३० रनको योगदान दिए ।

पहिलो ओभरमै दुई विकेट गुमाएको कर्णालीले सन्तोषजनक स्कोर तयार पारेपनि पराजित भएको हो । खेलको पहिलो बलमै काठमाडौंका कप्तान करण केसीले प्रियाङ्क पाञ्चाललाई आउट गरेका थिए भने पहिलो ओभरको अन्तिम बलमा विल बोसिस्टो पनि आउट भएका थिए ।

बलिङतर्फ काठमाडौंका रशिद खानले दुई तथा करण केसी, मिलन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ परेका छन् । आर्थिक अपचलनको आरोपमा उनलाई आज पक्राउ गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताएका छन् ।

यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए । उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

भट्टचनमाथि अनुसन्धानका क्रममा बैंकका सीईओ शेरचनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने कारण पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् ।

रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो ।

उनीहरूबीच विभिन्न पाँच वटा बुँदामा सहमति भएको छ ।

जस अनुसार, वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने सहमति भएको छ ।

महाधिवेशनसम्मका लागि बनाइएको ‘विशेष संयन्त्र संघीय नेतृत्व मञ्च’ मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्ने सहमति भएको छ । त्यस्तै, मञ्चका सदस्यहरूको वरियता केन्द्रीय समितिको सदस्य सरह हुने सहमतिमा उल्लेख छ।

विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरुलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरि जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने पनि सहमतिमा बताइएको छ ।

एकीकरण पश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति र दलको चिन्ह ‘घण्टी’ रहने बताइएको छ ।

एकीकरण सम्बन्धी निर्वाचन आयोग सम्बद्ध कानूनी प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट आवश्यक दस्तावेजहरू तयार गर्दै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने सहमति पनि भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्धा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गने पनि सहमति भएको छ ।

काठमाडौं- नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ ।

एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रमम अध्यक्ष  केपी शर्मा ओलीले सो लोगो सार्वजनिक गरेका हुन् ।

पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताए । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो । सोही अवसरमा  महाधिवेशनकेन्द्रित जिङ्गल पनि सार्वजनिक गरियो । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि यही मङ्सिर १३ गते मातहतका कमिटीमा प्रतिनिधि छनोट सकिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् ।

सामाजिक सञ्जाल (फेसबुक)मार्फत लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्नेक्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीका टिप्पणीका सन्दर्भमा प्रधानमन्त्री कार्कीले भनिन्, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन ।’

प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छन् ।

काठमाडौं- नेपाली बजारमा एक तोला सुनको भाउ साढे २ लाख नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको भाउ २ लाख ५२ हजार २०० कायम भएको छ। सुनको भाउ यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार पुगेको थियो। यो हालसम्मकै उच्च मूल्य हो।

सुनको मूल्य आकासिएसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज प्रतितोला चाँदी ३ हजार ४९० मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन्। खेल अपराह्न ३ः३० बजे हुनेछ।

सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ। दुई अंकका साथ कर्णाली छैटौं स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ। प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।