नेकपा क्रान्तिकारी माओवादीको पहिलो राष्ट्रिय सम्मेलन आजबाट पोखरामा सुरु हुदै ।

0
415

२२ असोज, पोखरा । नेकपा क्रान्तिकारी माओवादीको पहिलो राष्ट्रिय सम्मेलन आजबाट पोखरामा सुरु हुदै छ ।सम्मेलनको क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले उदघाटन गर्ने कार्यक्रम रहेको छ । ‘साम्राज्यवाद, विस्तारवाद र सामन्तवादका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारी गरौं दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्दैै नयाँ एकतावद्ध र क्रान्तिकारी पार्टीको निर्माण गर्न ऐतिहासिक राष्ट्रिय सम्मेलन सफल पारौं ’ भन्ने मूल नारासहित सुरु भएको सम्मेलनले परिवर्तित राजनीतिक अवस्थाबारेमा आफ्नो पार्टीको धाराणासमेत तय गर्ने जनाईएको छ ।

सम्मेलनले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि फौजी कार्यदिशासहितको पार्टीको आगामी रणनीति तय गर्ने पार्टी प्रवक्ता हरिभक्त कँडेल ‘प्रतिक’ ले जानकारी दिए । राष्ट्रिय सम्मेलनमा देशभरीबाट आयोजकसहित ४ सय प्रतिनिधि र ५० पर्यवेक्षकको सहभागिता रहने पार्टी प्रवक्ता कँडेलले जानकारी दिए । मध्याह्न १२ बजेदेखि राष्ट्रिय सम्मेलनको औपचारिक उद्घाटन सुरु हुनुअघि केन्द्रीय समितिको बैठक बसिरहेको छ ।