२०८३ जेष्ठ १७ गते आईतवार
२०८३ जेष्ठ १७ गते आईतवार

नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की

ललितपुर । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत आउने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

 

गत भदौ २३ र २४ गते ‘जेन-जी’ युवाहरूले गरेको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति निर्माण भएको स्मरण गर्दै उनले अहिलेको सरकारको मुख्य एजेन्डा नै सुशासन र निर्वाचन रहेको स्पष्ट पारिन् । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने ‘अर्जुनदृष्टि’ सहित सरकार अहोरात्र खटेको र तयारीका काम धेरै अगाडि बढिसकेको जानकारी दिइन् । उनले भनिन्, ‘हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ ।’

मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन निर्वाचन नै एक मात्र विकल्प रहेको उनले जिकिर गरिन् । निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उनले सबै पक्षसँग सहयोगको आग्रह समेत गरिन् ।

 

समाजमा बढ्दो अराजकताबारे सचेत गराउँदै प्रधानमन्त्री कार्कीले शान्ति खल्बल्याउने र कानून हातमा लिने जस्ता गतिविधि सरकारलाई स्वीकार्य नहुने चेतावनी दिइन् । उनले भनिन्, ‘म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु हुँदैन । शान्ति खल्बल्याउने, कानून हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।