२०८३ जेष्ठ १८ गते सोमबार
२०८३ जेष्ठ १८ गते सोमबार

ओलीले भने- बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा, बालेन साह र उज्यालो नेपाल पार्टीको एकतालाई लक्षित गर्दै बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न नसक्ने टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौँमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन् । विशालकाय एमाले देखेको छ । अनि योसँग पनि मिलौँ भनेको छ, ऊसँग पनि मिलौँ भनेको छ ।’

ओलीले थपे, ‘विशालकाय एमालेसँग भिड्नु छ । अनि लौ न मिलौँ भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ ? मुकाबिना हुन्छ ?’

काँग्रेसप्रति नरम सुनिएका ओलीले भने, ‘एकातिर नेपाली काँग्रेस छ । छेउमा नगएसम्म त मजै छ । छेउमा गएपछि त गाह्रै पार्छ नि नेपाली काँग्रेसले ।’

देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसँगै रहने उल्लेख गर्दै उनले घरघरबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै बालेन शाहप्रति व्यंग्य गरे । ‘प्रधानमन्त्री बनाइसके मान्छेले-घरैमा । हामी चुनाव पर्खिरहेका छौँ । कहिले होला ? फागुन २१ मा होला, अर्को वैशाखमा होला वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौँ,’ उनले भने ।

महाधिवेशनबाट हामीले धेरै कुराको जवाफ दिएजस्तै निर्वाचनबाट हामी राष्ट्रिय फैसला पनि दिने उनले बताए । ‘त्यसको लागि हामी तयार छौँ भन्ने सन्देश पनि महाधिवेशनले दिएको छ,’ ओलीले भने ।

लोकतन्त्र अजेय रहेकोले यसलाई कसैले जित्न नसक्ने ओलीले बताए । खेलमा खेलाडीहरूमध्ये को कतिबेला पछारिन्छ थाहा नभए पनि उत्कृष्ट खेलाडीले जित्ने उनको तर्क थियो ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।