२०८३ असार ४ गते बिहीबार
२०८३ असार ४ गते बिहीबार

गगन–विश्वले कांग्रेसको विशेष महाधिवेशन गर्दै, हल बुकिङ

नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा सहितका नेताहरु विषेश महाधिवेशनको विपक्षमा उभिएको बेला कांग्रेसको विशेष महाधिवेशनको लागि भन्दै विशेष महाधिवेशन पक्षधरले बुधबार भृकुटीमण्डपमा पुगेर हल बुकिङ गरेको छ ।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायत विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । महामन्त्रीद्वय थापा र शर्माले विधानको धारा १७ को २ कार्यान्वयन गर्न विशेष महाधिवेशन आयोजना गर्न लागेको हो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए ।

गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ।

सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँग सल्लाह गरेर मंसिर १५ को केन्द्रीय समितिबाट १५ औं महाधिवेशन कार्यतालिका ल्याएका थिए । तर नियमित महाधिवेशनको सम्भावना कमजोर भएपछि विशेष महाधिवेशनको तयारी थालिएको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।