२०८२ माघ २६ गते सोमबार
२०८२ माघ २६ गते सोमबार

राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

काठमाडौं । मुलुकको समसामयिक राजनीति र बानेश्वरस्थित संसद् भवनमा भएको आगजनीको घटनापछि सिर्जित असहज परिस्थितिका बीच आजदेखि राष्ट्रिय सभाको १९औं अधिवेशन प्रारम्भ हुँदैछ । ‘जेनजी आन्दोलन’का क्रममा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको संसद् भवन क्षतिग्रस्त भएपछि मुलुकको सर्वोच्च विधायिकी अभ्यास मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फर्किएको हो ।

संघीय संसद् सचिवालयको हलमा बिहान ११ः०० बजे बैठक बस्ने गरी सम्पूर्ण तयारी पूरा भएको सचिवालयले जनाएको छ । अधिवेशनको पहिलो दिन आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची रहेको छ । साथै, हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराको सम्मानमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।

यसअघि शुक्रबार नै अध्यक्ष दाहालले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर अधिवेशनलाई व्यवस्थित बनाउने विषयमा छलफल गरिसकेका छन् । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यो अधिवेशन आह्वान गरेका हुन् । गत भदौ ३१ गते १८औं अधिवेशन अन्त्य भएको थियो ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।