निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी दिएको हो ।
आयोगका तर्फबाट आचारसंहिताबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो । जसअनुसार, निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू हुनेछ ।
आयोगको आजै बसेको बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरू, मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो ।a








