२०८२ माघ २६ गते सोमबार
२०८२ माघ २६ गते सोमबार

बालेनको घरमा चोरी भएको छैन : प्रहरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को मण्डिखाटारस्थित निजी निवासमा चोरी भएको नदेखिएको प्रहरीले जनाएको छ ।

गौशाला प्रहरी वृत्तका अनुसार सिनामंगलको पन्चकुमारी मन्दिर नजिक उनको घरसँगै म्यानपावर कम्पनीको अफिस समेत रहेको र त्यहाँ मान्छेको भिड हुँदा बालेन्द्र शाहको घरमा चोरीको आशंका गरिएको थियो ।

भारको ग्रिल फोडेको अवस्थामा भेटिएकाले प्रहरीले चोरीको आशंकामा अनुसन्धान गरेको थियो । घरको अवलोकन गर्दा चोरी नभएको प्रहरीले पुष्टि गरेको छ ।

बालेन र उनकी धर्मपत्नी दुवैजना घरमा नभएको मौका छोपी अज्ञात समूहले घरको मूल ढोका (गेट) मा क्षति पुर्‍याएको पाइएको थियो ।

शुक्रबार साँझ शाहका आफन्त (मामा ससुराका छोरा) नियमित रेखदेखका लागि घर पुग्दा घटनाको रहस्य खुलेको थियो । घरमा बत्ती बाल्ने र बिरुवामा पानी हाल्ने जिम्मेवारी पाएका उनी हिजो साँझ मण्डिखाटार पुग्दा निवासको मूल ढोका फोडिएको अवस्थामा फेला परेको थियो । भित्र सामानहरू तितरबितर भएको देखेपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।