राप्रपा र काँग्रेस बिच कुरा मिल्यो, यस्तो छ सहमती ।

0
1246

कार्तिक १४ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वाम गठबन्धनले ठूलो असर पर्ने भएकाले लोकतान्त्रिक गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ जिल्ला समितिले राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष थापाले वाम गठबन्धनले राजनीतिमा तरंग ल्याएको उल्लेख गर्दै अध्यक्ष थापाले निर्वाचन परिणाममा असर पार्ने भएकाले लोकतान्त्रिक गठबन्धन गर्नुपरेको जिकिर गर्नुभयो ।

कांग्रेससँगको तालमेलका कारण प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पार्टीले सतप्रतिशत जित्ने आठ ठाउँमा मात्रै आफ्नोतर्फबाट उमेदवारी दिन लागिएको खुलासा गर्नुभयो ।

अन्य ठाउँमा कांग्रेसलाई सहयोग गर्ने थापाको भनाइ थियो । कांग्रेससँगको सहकार्य स्वभाविक र परिस्थिति जन्य आवश्यकता भएको बताउँदै अध्यक्ष थापाले यो सहकार्य निर्वाचनसम्म रहने बताउनुभयो ।

निर्वाचनको संघारमा पार्टी विभाजन भएकाले पार्टीको अस्त्त्वि जोगाउन प्रत्यक्षतर्फ सीमित क्षेत्रमा उमेदवारी दिने बताउँदै थापाले समानुपातिक तर्फ हरेक जिल्लामा एकजना उमेदवार हुने गरी निर्वाचन आयोगमा बन्दसुची बुझाइएको बताउनुभयो ।

कुन क्षेत्रमा को उठ्ने भए ?

कांग्रेससँग लोकतान्त्रिक गठबन्धन गरेर राप्रपाले काठमाडौँ क्षेत्र नम्बर ७ मा विक्रमबहादुर थापालाई उठाउने निर्णय गरेको छ ।

त्यसैगरी झापा क्षेत्र नम्बर ३ राजेन्द्र लिङ्देन उम्मेदवार बन्दैछन् । कांग्रेससँगको सहमति अनुसार झापा ३ मा लिङ्देन उम्मेदवार बनेका थिए । तर, यहाँ कांग्रेसले नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाएपछि तालमेल नहुने भएको छ । दुवै दलका उम्मेदवार हुने भएपछि त्यसको प्रत्यक्ष फाइदा यो क्षेत्रमा वाम गठबन्धनले लिने अवस्था आएको छ ।

त्यसैगरी मकवानपुर क्षेत्र नम्बर १ बाट अध्यक्ष कमल थापाले उमेदवारी दिनुहुने भएको छ । यहाँ राप्रपालाई कांग्रेसले सघाउने सहमति भएको छ

अन्य पाँचवटा क्षेत्रको टुंगो लागन बाँकी रहेको छ । तीन क्षेत्र तथा उम्मेदवारको टुंगो लगाउन राप्रपा आन्तरिक तथा कांग्रेससँगको छलफलमा रहेको छ ।