१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले सुदूरपश्चिमलाई सुनको टुक्राको रुपमा विकास गर्ने बताएकी छन् । कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरिसकेपछि उनले स्थानीय स्रोतको उपयोगबाटै प्रदेश ७ का जनताको जीवनलाई सहज बनाउन सकिने नेतृ राणाले बताइन । प्रदेश ७ को भुगोल र जनसंख्या समेत मिलेको भन्दै उनले सानो भूगोल र थोरै जनसंख्या भएकोले पनि समृद्ध बनाउनका लागि सहज हुने उनको भनाई छ ।