राइनो गोल्डकपमा संकटा क्लव सेमीफाइनलमा प्रबेश ।

0
360

कार्तिक १८ नवलपरासी मिना कडेल । संरक्षणका लागि खेलकुद भन्ने उदेश्यका साथ राईनो संरक्षण गोल्ड कप फुटबल प्रतीयोगीता २०७४ को शनिवार सम्पन्न खेलमा विरगञ्ज युथ एकेडेमीलाई २–० गोल अन्तरले पराजय गर्दै संकटा क्लव बिजयी भएको छ । जित सँगै संकटा क्लवले सेमि फाईनलको यात्रा तय गरेको छ ।
पहिलो खेलको ४३ औ मिनेटमा जर्सी नम्वर ११का सजिन थापाले संकटा क्लवका लागी पहिलो गोल गरेका थिए ।
खेलको दोस्रो हाफको ३ औ मिनेटमा संकटाकै तर्फबाट विदेशी खेलाडी जर्सी नम्वर १० का माटिन अजाजीले दोस्रो गोल गरेका थियो । यो सगै संकटा क्लवले सेमि फाईनलको यात्रा तय गरेको हो । राईनो संरक्षण गोल्ड कप फुटबल प्रतीयोगीता अन्र्तगत अन्तीम क्वाटर फाईनल खेल भोली आइतबार देशभक्त फुटबल क्लब नवलपरासी र ए पि. एफ काठमाण्डौ विच हुने आयोजकले जानएको छ ।