भक्तपुर २ मा ठूलो मतान्तरसहित रास्वपाका राजिव खत्री निर्वाचित भएका छन्। खत्री ४२ हजार ३३३ मतसहित निर्वाचित भएका हुन्।
यहाँ एमाले उम्मेदवार महेश बस्नेतले १० हजार सात सय १७ मत ल्याएका छन्। खत्रीले बस्नेतलाई ३१ हजार ६१६ मतले पराजित गरेका हुन्।
बस्नेतले पराजय स्वीकार गर्दै खत्रीलाई बधाई दिएका छन्।









