२०८२ चैत्र १७ गते मंगलवार
२०८२ चैत्र १७ गते मंगलवार

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, यस्तो थियो मुद्दा

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले आइतबार राती  पक्राउ गरेको छ ।

एमालेबाट निर्वाचित सांसद शर्माले नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ । प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

२०८१ जेठ १४ गते महानगरपालिकाको टोलीले गरेको सर्भेका क्रममा उनको घरबाट एक बालिकाको उद्धार गरिएपछि यो विषय चर्चामा आएको थियो । सर्भेका क्रममा ती बालिकाले आफू निरन्तर हिंसामा परेको बताएपछि महानगरले उनलाई उद्धार गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको २०८१ जाहेरी जेठ ३० गते दर्ता भएको थियो । यद्यपि, शर्मालाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी गर्याे ।

शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुग्यो । सो बेला काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले फेसबुकमा स्ट्याटस लेख्दै समय आएपछि कुकर्म गर्नेहरूलाई तह लगाउने बताए ।

उनले लेखेका थिए, ‘सरी नानु, तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।