२७ कात्तिक , काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै संसदीय समितिको निर्देशन बमोजिम चीनसँगको सम्झौता खारेज गरिएको जानकारी दिए ।
नियमित र हचुवाढंगले गेजुवा ग्रुप संग गरिएको बुढि गण्डकी जलविद्युत आयोजनाको समझौता संसदिय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ । कालो सूचिमा परेको गेजुवालाई रातारात अनियमित तरिकाले बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिइएको भन्दै त्यसको विरोध हुँदै आएको थियो ।