प्रचण्ड पनि आफ्नै बाटोमा आउने नयाँ शक्ति पार्टीका संयोजक डाक्टर भट्टराईको दावी ।

0
263

२८ कात्तिक, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर बाबुराम भट्टराईले कम्युनिष्ट केन्द्र सम्भव नभएको बताएका छन् । गोरखाको पालुङटार नगरपालिका ९ शेरा बजारमा भएको कार्यक्रमलार्इ सम्बोधन गर्दै संयोजक भट्टरार्इले अन्ततः प्रचण्ड पनि आफ्नै बाटोमा आउने दावी समेत गरे ।आफूसँग एक्लै भेट्दा प्रचण्डले खुलेरै तपाईकै बाटो ठीक छ भनिसकेको भन्दै प्रचण्डलाई माओवाद छोडिहाल्न दकस मात्रै लागेको उनले बताए । राजनीतिक रुपमा पनि सबैले बहुदलीय व्यवस्था स्वीकार गरिसकेको र आर्थिक रुपमा पनि राज्य नियन्त्रित अर्थतन्त्र सम्भव नभएको बाबुरामको भनाइ छ ।