क्यालिफोर्निको एक प्राथमिक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु ।

0
390

२९ कात्तिक , काठमाडौं। अमेरिकाको क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । उत्तरी क्यालिफोर्नियाको तहेमा काउन्टीस्थित स्कुलमा चलेको गोली लागेर केही बालबालिका घाइतेसमेत भएका छन् । गोली चलाउने बन्दुकधारीको पनि प्रहरी कारबाहीमा मारिएका छन् । घरायसी झगडाका कारण घटना भएको हुनसक्ने अधिकारीहरुले जनाएका छन् । अमेरिकाकै टेक्सासस्थित एक चर्चमा केही दिनअघि बन्दुकधारीले गोली चलाउँदा २५ जनाको मृत्यु भएको थियो ।