२०८३ बैशाख २० गते आईतवार
२०८३ बैशाख २० गते आईतवार

ऐलानी जग्गामा घर निर्माणबारे रास्वपा सांसद खनालको स्पष्टीकरण- यो मेरो मात्र होइन देशव्यापी समस्या हो

रास्वपा सांसद केपी खनालले आफ्नो घर रहेको जग्गाको लालपूर्जा नभएको र घरको नक्सापास नभएको भन्ने समाचार सार्वजनिक भएपछि त्यसको खण्डन गरेका छन्। उनले उक्त विषयलाई व्यक्तिगत मुद्दा बनाइएको भन्दै वास्तविकता भने देशव्यापी समस्या रहेको स्पष्ट पारेका छन्।

नेपाल पुकारसँग कुराकानी गर्दै सांसद खनालले सुदूरपश्चिमदेखि तराईसम्मका धेरै नागरिकले दशकौँदेखि निस्सा तिरेर जग्गा भोगचलन गर्दै आए पनि सरकारले लालपूर्जा उपलब्ध गराउन नसकेको बताए। “हरेक सरकारले नापजाँच गर्न जाने, तर पुर्जा नदिने प्रवृत्ति रहँदै आएको छ,” उनले भने।

उनका अनुसार यो समस्या गाउँदेखि शहरसम्म फैलिएको छ र लाखौँ नागरिक यसबाट प्रभावित छन्। उनले वर्तमान सरकारले यस विषयलाई गम्भीर रूपमा लिएर समाधान निकाल्ने विश्वाससमेत व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य केपी खनालले ऐलानी जग्गामा घर निर्माण गरेको विषय सार्वजनिक भएको छ । कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित खनालको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिकै घर छ । तरउक्त घर ऐलानी जग्गामा बनाइएको भन्दै सामाजिक सञ्जालमा खनालविरुद्ध प्रश्न उठेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।