राष्ट्पति स्वदेश फिर्ता, अमर बहादुर बम रिहा ! ( भिडियो सहित )

0
9001

कार्तिक ३० काठमाण्डौं । चार दिने दुवई भ्रमण पुरा राष्ट्पति बिद्यादेवी भण्डारी स्वदेश फकिएकी छिन् । चार
दिने भ्रमण अत्यन्तै सफल भएको भ्रमणमा सहभागी मन्त्री जयन्त चन्दले जानकारी दिएका छन् । स्वदेश फर्किएपछि बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री चन्दले १९ बंदे प्रेस बिज्ञप्ती समेत जारी गरेका छन् । बिज्ञप्तीमा भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटवार्ताहरु उपलब्धि मुलक भएको भन्दै खुसि ब्यक्त गरिउको छ । भ्रमणले दुर्य देश बिचको सम्भन्धमा सुधार आएको भन्दै खुसि ब्यक्त गरिएको छ । बिज्ञप्तीको १६औं नम्बर बुँदामा जेलमा रहेका अमर बहादुर बमलाई छुटाउन प्रयास गरिउको र उपर्युक्त समयमा नेपाल फर्काइने समेत लेखिएको छ ।
को हुन अमर बहादुर बम ?

दार्चुलाका अमर बहादुरबम २०३३ साल मंसिर ५ गते तत्कालीन धारी गाविस ६ मा जन्मिएका थिए । उनको नागरिकता नम्बर १२०३६, राहदानी नम्बर १०६५३४१ हो । उनि आज भन्दा १६ बर्ष अघि रोजगारीको सिलसिलामा भारत गएका थिए । भारतमा उनि गाडी चलाउँथे । बल्ल बल्ल १२,१५ हजार कमाउने बमलाई आकर्षक कमाईको लोभ देखाइ २ जना भारतीयहरुले दुवई जान आग्रह गरे त्यस पछि अमर पनि जान राजी भए ।

२ भारतियहरु एक ब्यक्तिको हत्याका लागि दुवई जान लागेका रहेछन् । जव दुर्व पुगे त्यस पछि अमरलाई २५ हजार तलवमा गाडी चलाउन लगाइयो उनि पनि दैग परेका थिए । एक दिनको घटानले अमरलाई छाँगाबाट झरे जस्तै बनायो । ति दुबै भारतीय नागरिक एउटा अपार्टमेन्टमा पसेका थिए एकै छिन हामीलाई कुर्नु भनेर । करिव आधा घण्टा पछि हतार हतार आएका भारतीयले आफुहरुलाई पानी जहाज चड्ने बन्दरगाहा सम्म पुर्याउन भने । त्यस पछि उनिहरु कहाँ गए अमरलाई कुनै जानकारी थिएन ।

त्यसको केहि समयमा दुवइको सारजहाँ बाट अमर पक्राउ परे । उनी अनभिज्ञ थिए किन प्रक्राउ परे भन्नेमा । पछि उनले थाहापाए २ भारतीयले अपार्टमेन्टमा मानिसको हत्या गरेका रहेछन् । उनलाई सोही अभियोगमा पक्राउ गरिएको रहेछ । सोही झुट्टो अभियोगमा अदालतबाट मृत्युदण्डको फैसला पाएर फाँसीमा झुण्डीने दिनको पर्खाइमा रहेका बमलाई छुटाउन नेपालीहरुले ठूलो दवाव दिए पनि सरकारले सुनेको थिएन अमर बहादुर बमको रिहाई हुने खवरले सारा नेपालीलाई खुसि तुल्याएको छ ।