२०८३ असार ८ गते सोमबार
२०८३ असार ८ गते सोमबार

गृहमन्त्री गुरुङविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध आयोगमा निवेदन दर्ता गरिएको हो ।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर उजुरी दर्ता गराएका छन् । उनीहरूले आफूहरूमाथि राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन् ।

गत जेठ १९ गते कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग रहेको र भारतीय ज्यादतीको अन्त्य हुनुपर्ने भन्दै सोडारीको समूहले भारतीय दूतावास अगाडि प्रदर्शन उनीहरूलाई पक्राउ गरेर सोह्रखुट्टे प्रहरी वृत्त लगिएको थियो । सो समयमा दलबलसहित प्रहरी हिरासत पुगेका गृहमन्त्री गुरुङले गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको र त्यसले गम्भीर मानव अधिकार हनन भएको दाबी उजुरी पत्रमा गरिएको छ ।

‘गृहमन्त्री सुदन गुरुङको टोली प्रवेश गरेको मिति ०८३ साल जेठ १९ गतेको सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सिसिटिभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर तत्काल नियन्त्रणमा लिई सुरक्षित राखियोस्’, पत्रमा उल्लेख छ । ‘आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई तात्कालिक हिरासतमा रहेका पीडित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिई घटनाको सत्य तथ्य जाँचबुझ गरियोस्।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।