प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् । संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिस गर्न बैठक आह्वान गरिएको हो ।
बैठक बिहीबार साँझ ५ बजेका लागि तय गरिएको छ ।
हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्तलगायत महत्वपूर्ण संवैधानिक पदहरू खाली छन् । सरकारको दोस्रोपटकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि रिक्त पदहरूमा नियुक्तिको प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो ।
बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ ।








