सर्बोच्चमा बम राखेको हल्ला आज इजलास प्रभावित

0
445

मंसिर ५ , काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् । अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको हो ।

बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ । भने सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन् ।

सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको छ । सर्वोच्च प्रशासनले आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराएको छ ।