२०८३ जेष्ठ २० गते बुधबार
२०८३ जेष्ठ २० गते बुधबार

राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रासहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको मनमैजु र टोखा क्षेत्रबाट हात्तीको दाह्रासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । राष्ट्रपति कार्यालयको भित्तामा सजाइएको ती दाह्रा जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते चोरी गरेर लगेको पाइएको स्रोतले बतायो ।

प्रहरीले तथ्यहरु संकलन भइरहेका कारण अहिल्यै औपचारिक रुपमा भन्ने अवस्था नरहेको बताएको छ ।

पक्राउ पर्नेहरूमा राजीव महर्जन, टेकप्रसाद गुरुङ, पुरन बोहरा, आयुष महर्जन र सन्तबहादुर भुजेल छन् ।

तारकेश्वर नगरपालिका-९, मनमैजु बस्ने राजीव महर्जनले वन्यजन्तुको अङ्ग अवैध रूपमा सञ्चय र बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

 

महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा २ वटा हात्तीको दाह्रा बरामद गरिएको थियो । साथै, उनको कोठाबाट लागुऔषध ‘Tramadol-50’ लेखिएको १५० क्याप्सुल समेत फेला पारेको प्रहरीले बतायो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनुसन्धानका क्रममा हात्तीको थप व्यक्तिको पनि संलग्नता पाइएपछि अन्यलाई पनि पक्राउ गरिएको एसपी शरतकुमार क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेकामध्ये सन्तबहादुर भुजेलको कोठाबाट झोलाभित्र लुकाइराखेको थप २ वटा हात्तीको दाह्रा बरामद भएको छ ।

उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाही हुने बताइएको छ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।