स्वतन्त्रताका लागि लोकतान्त्रीक गठबन्धनलाई भोट : महर

0
573

मंसिर ५ कञ्चनपुर । नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले विश्व कम्युनिस्ट ईतिहास हत्या हिंसामा लिप्त भएका कारण लोकतन्त्र जोगाउन देशभरका युवा जागिसकेको बताउनुभएको छ ।
“नेपाल बिद्यार्थी संघ प्रचार प्रसार तथा चुनाव परिचालन समिती” क्षेत्र नं २ कंचनपुरद्वारा आयोजित रणनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष महरले संसारभरी कम्युनिस्ट शासन भएका मुलुकमा न त जनताको स्वतन्त्रताको रक्षा भएको छ, न त ती देशहरुले स्थायित्व सहितको बिकास गर्न सके, यसर्थ कम्युनिस्ट भनेको हत्या—हिंसामा विश्वाश राखेर निरंकुशता लाद्ने ब्यबस्था भएको कुरा प्रष्ट्याउनु भयोको थियो ।
देशभर कांग्रेसको पक्षमा जनलहर आइसकेकाले बिजय यात्राा रोक्न सक्ने तागत कुनै शक्तिमा नभएको महरले धारणा राख्नु भयो । क्षेत्रभरिका ५०० भन्दा बढी ने बि संघका युवाहरुको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी रहनु भएका नेपाली काँग्रेस केन्द्रिय सदस्य एन पि साउदले देशभरका जागरुक बिद्यार्थी काँग्रेसको पक्षमा लागिसकेकोले कम्युनिष्ट बिचार निश्प्रभाबित भैसकेको बताउनुभयो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्टले विश्वभरी कम्युनिस्ट शासन भएको कुनै पनि मुलुकमा लोकतान्त्रिक पद्धती नभएको बताउनुभयो ।