२०८३ श्रावण ७ गते बिहीबार
२०८३ श्रावण ७ गते बिहीबार

६०० वटा बाँदर मारेको आरोपबारे सांसद राईले यस्तो भने

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकमा बाँदरको आतङ्कका कारण किसान मारमा परेको उल्लेख गर्दै ६ लाख बाँदर मार्नुपर्ने बताएका छन् ।

संसद भवन परिसरमा कुराकानी गर्दै उनले बाँदरले बालीनाली सखाप पारेका कारण किसानको समस्या समाधान गर्न यो कठोर कदम आवश्यक रहेको जिकिर गरे ।

६०० वटा बाँदर मारेको आरोपका सम्बन्धमा सोधिएको प्रश्नमा सांसद राईले आफूले प्रत्यक्ष रूपमा हत्या नगरेको तर जनताले बाँदर मार्दा आफूले त्यस कार्यमा सहयोग गरेको स्वीकार गरे ।

पशु अधिकारकर्मीहरूले जनावरको अधिकारका विषयमा गरिरहेको विरोधप्रति लक्षित गर्दै उनले व्यवहारिक समस्या बुझ्न आग्रह गरे । एनिमल लभर्सहरू माइतीघरमा बसेर आन्दोलन गरिरहेको तर वास्तविक समस्या किसानको मकैबारी र अलैँची घारीमा रहेको उनको तर्क छ ।

उनले भने ‘मैले हत्या गरेको होइन, जनताले मारेका हुन् र मैले त्यसमा सहयोग गरेको हुँ । ६०० होइन, अब ६ लाख बाँदर मार्नुपर्छ, तब मात्र शान्ति हुन्छ । लाखौँ मूल्य पर्ने अलैँचीका टुसा बाँदरले एकैछिनमा नष्ट गरिदिन्छ । किसानहरू धुरुधुरु रोइरहेका छन् । यस्तो अवस्थामा विदेशीले बनाइदिएको कानुन र एनजीओ/आईएनजीओको कुरा सुनेर जनतालाई पीडा दिनु हुँदैन ।’

सांसद राईले आफू कुनैपनि कानुनी कारबाही वा जेल जान नडराउने समेत स्पष्ट पारे । उनले विगतमा व्यवस्था परिवर्तनका लागि लडेका मानिसहरू उजुरीको भरमा नडराउने बताए । बाँदर संरक्षणको वकालत गर्नेहरूलाई गाउँका मकैबारीमा गएर किसानको अवस्था बुझ्न उनले चुनौती समेत दिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।