एसियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने सरकारको निर्णय ।

0
248

६ मंसिर, काठमाडौं । सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार, शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।